काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अहिले लेबनानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १-० ले पछाडी परेको छ ।
खेलको २६ औं मिनेटमा जेइन फरानले गोल गर्दै लेबनानलाई अग्रता दिलाएका हुन् ।
नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । किनकि दुबै टिम अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
तर, नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराएर छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।
छनोटको समूह 'बी' मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।
नेपाल समूहको पुछारमा रहेको छ । नेपालले अंक जोड्न सकेको छैन ।
लेबनान पनि अंक विहीन रहेको छ । लेबनान तेस्रो स्थानमा रहेको छ ।
यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ ।
इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।
यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।