काठमाडौं । एफई खुमलटार भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा एसएनकेसीलाई २-० गोल अन्तरले पराजित गर्दै खुमलटार फाइनल पुगेको हो ।
खुमलटारलाई जित दिलाउन रितेश खड्का र जुमानु राईले एक एक गोल गरे ।
पाँचौं मिनेटमा रितेशले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि सातौं मिनेटमा जुमानुले गोल गर्दै खुमलटारलाई २-० को जित दिलाए ।

अब खुमलटारले उपाधिका लागि झापा भेट्रान्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनलमा नेपाल आर्मी भेट्रान्स क्लबलाई २-० गोल अन्तरले हराउँदै झापा उपाधि नजिक पुगिसकेको छ ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।
त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
