काठमाडौं । झापा भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपाल आर्मी भेट्रान्स क्लबलाई २-० गोल अन्तरले हराउँदै झापा उपाधि नजिक पुगेको हो ।
झापाको जितमा भेष राज लिम्बु र श्याम कुमार गोलेले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७ औं मिनेटमा कप्तान भेषले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६० औं मिनेटमा श्यामले गोल गर्दै झापालाई २-० को जित दिलाए ।
अब झापाले उपाधिका लागि एफई खुमलटार भेट्रान्स क्लब र एसएनकेसीबीचको विजेतासँग खेल्नेछ ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।
