काठमाडौं । गोदावरी उपमहानगरपालिका कैलाली उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार विरेन्द्रनगर नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै गोदावरी नकआउट चरणमा पुगेको हो ।
गोदावरीको जितमा निशा बोहराले फ्रिकिक मार्फत निर्णायक गोल गरिन् ।
यस जितसँगै गोदावरीले २ खेलमा ६ अंक जोड्यो । समूह जी को गोदावरी शीर्ष स्थानमा रहेर अर्को चरणमा पुगेको हो । विरेन्द्रनगरले २ खेलमा ३ अंक जोड्यो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।