काठमाडौं । तुलसीपुर उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार गैडाकोट नगरपालिकालाई ३-२ गोल अन्तरले पराजित गर्दै तुलसीपुर नकआउट चरणमा पुगेको हो ।
तुलसीपुरको जितमा मेनुका आले मगर र दिपा पुन मगरले एक एक गोल गरिन् ।
तुलसीपुरले एक गोल आत्मघाती उपहार पाएको थियो । गैडाकोटकी पासाङ लामाले आत्मघाती गोल गरिन् ।
गैडाकोटकी सुनिता भोलानले दुई गोल गरिन् ।
यस जितसँगै तुलसीपुरले २ खेलमा ६ अंक जोड्यो । र, समूह एफ को विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
गैडाकोटले २ खेलमा ३ अंक जोड्यो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।