काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले विंगर इडेन हाजार्डले क्लब छाड्न चाहेमा आफुले नरोक्ने बताएका छन्।
प्रशिक्षक एन्सेलोटीले आफुले इच्छा विपरित खेलाडीलाई क्लबमा नराख्ने बताउँदै हाजार्डले चाहेमा उनले क्लब छाड्न सक्ने बताएका हुन् ।
'प्रशिक्षक करियरमा मैले कुनै खेलाडीलाई छोड्न चाहेको बेलामा बस्न बाध्य पारेको छैन,' एन्सेलोटीले भने, 'मेरो व्यक्तिगत विचारमा मलाई कुनै शंका छैन।'
बेल्जियमका भेट्रान हाजार्ड रियलको सुरुआती-११ मा पर्न निकै संघर्ष गरिरहेका छन् ।
चोटबाट मुक्त हुँदै मैदान फर्किएपनि हाजार्डले आफ्नो पुरानो लय भेट्टाउन सकेका छैनन् ।
पछिल्लो समय हाजार्ड रियलमा खुशी छैनन् । उनी क्लब छाड्न चाहिरहेको बताईएको छ ।
इंग्लिस क्लब चेल्सीबाट रियल आएका उनले यस सिजन ९ ला लिगा खेलमा गोल गर्न सकेका छैनन् ।