काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरी रोकिएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोना डिपोर्टिभो अलाभेससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ४९ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५२ औं मिनेटमा लुइस रिओजाले गोल गर्दै अलाभेसलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।

अलाभेसविरुद्धको खेलमा बार्सिलोनाका फरवार्ड सर्जियो अग्युरोलाई स्वास्थ्य समस्या देखिएको थियो ।
खेल दौरान छातीमा दुखाई भएपछि उनलाई अस्पताल लगिएको थियो ।
बार्सिलोनाले ह्रदयघातबारे परिक्षण गर्न उनलाई अस्पताल लगिएको जनाएको छ ।
यस बराबरीसँगै बार्सिलोनाले ११ खेलमा १६ अंक जोडेको छ ।
बार्सिलोना नवौं स्थानमा रहेको छ ।
अलाभेस १० अंक जोडेर १६ स्थानमा रहेको छ ।
