काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्स भेरोनासँग २-१ गोल अन्तरले पराजित भएको हो ।
भेरोनालाई जित दिलाउन जियोभानी सिमियनले दुई गोल गरे ।
युभेन्ट्सका वेस्टन म्याकेन्नीले एक गोल फर्काए ।

खेलको ११ औं मिनेटमा जियोभानीले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए ।
१४ औं मिनेटमा जियोभानीले व्यक्तिगत दोस्रो गोल गर्दै भेरोनालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औं मिनेटमा म्याकेन्नीले एक गोल फर्काएपनि युभेन्ट्स २-१ ले पराजित भयो ।
युभेन्ट्सलाई हराएसँगै भेरोनाले ११ खेलमा १५ अंक जोडेको छ । भेरोना आठौं स्थानमा उक्लिएको छ ।
युभेन्ट्स १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।