काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाड्नु परेको हो ।
खेलको चौंथो मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

खेलको २४ औं मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुल २-० ले अघि रह्यो ।
खेलको ४१ औं मिनेटमा इनोक एमवीपुले गोल गर्दै ब्राइटनलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई २-२ गोलको बराबरीमा फर्काए ।

यस बराबरीसँगै लिभरपुलले १० खेलमा २२ अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
ब्राइटन १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।