काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई ३-० ले हराएको हो ।
चेल्सीको जितमा रिस जेम्सले दुई गोल गरे । यस्तै जोर्गिन्होले एक गोल गरे ।
खेलको ६५ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
७७ औं मिनेटमा जेम्सले व्यक्तिगत दोस्रो गोल गर्दा चेल्सी २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८१ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए ।
जितसँगै चेल्सीले शीर्ष स्थान यथावत राख्न सफल भएको छ ।
लिग लिडर चेल्सीले १० खेलमा २५ अंक जोडेको छ ।
न्युकासल ४ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।