काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा बायर्नले युनियन बर्लिनलाई ५-२ गोल अन्तरले हराएको हो ।
बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।
लोरी साने,किङ्सले कोम्यान र थोमस मुलरको नाममा एक एक गोल रह्यो ।
बर्लिनका निको र जुलियन रेयर्सनले एक एक गोल गरे ।

खेलको १५ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
२३ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
३४ औं मिनेटमा सानेले गोल गरेपछि बायर्नले ३-० को अग्रता बनायो ।
खेलको ४३ औं मिनेटमा निकोले गोल गर्दै बर्लिनलाई ३-१ को स्थितिमा ल्याए ।
६० औं मिनेटमा कोम्यानले गोल गर्दा बायर्न ४-१ ले अघि रह्यो ।

खेलको ६५ औं मिनेटमा बर्लिनका जुलियनले गोल गर्दै खेल ४-२ को अवस्थामा ल्याए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ५-२ को जित दिलाए ।
जितसँगै बायर्नले १० खेलमा २५ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा रहेको छ ।
बर्लिन १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।