काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा आर्सनलले लेस्टरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
लेस्टरको मैदानमा आर्सनललाई जित दिलाउन गाब्रियल र इमिल स्मिथले एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको १८ औं मिनेटमा इमिलले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए ।
यस जितसँगै आर्सनलले १० खेलमा १७ अंक जोडेको छ ।
आर्सनल पाँचौं स्थानमा रहेको छ ।
लेस्टर १४ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
