काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका पूर्व अध्यक्ष जोन गास्पर्टले बार्सिलोनाले यस सिजन मुख्य तीन उपाधि जित्ने दाबी गरेका छन् ।
पूर्व अध्यक्ष जोनले बार्सिलोनाले खराब लयबाट मुक्त हुँदै च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रे जित्ने दाबी गरेका हुन् ।
'बार्सिलोनाले च्याम्पियन्स लिग र ला लिगा जित्नेछ । किनकि अझै धेरै बाँकी छ र, कोपा डेल रे पनि । यो अझै सुरु भएको छैन,' जोनले एक अन्तर्वार्तामा भनेका छन् ।
जोन २००० देखि २००३ सम्म बार्सिलोनाका अध्यक्ष रहेका थिए । उनले यस वर्ष सफल नभएपनि आगामी वर्षको लागि भने योग्य हुनुपर्ने बताए ।
'मलाई आशा छ कि भविष्यमा हामी अधिकतम गर्न चाहन्छौं,' उनले भने, 'यदि हामी सफल हुन सकेनौं भने अर्को वर्ष प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ।'
बार्सिलोना पछिल्लो समय खराब लयमा रहेको छ । ला लिगमा बार्सिलोना नवौं स्थानमा रहेको छ ।
जसको कारण बार्सिलोनाले मुख्य प्रशिक्षक कोम्यान बर्खास्त गरिसकेको छ ।