काठमाडौं । डिफेन्डर प्रवेश कुँवर दनुवार मनाङ मर्स्याङ्दी क्लब फर्किएका छन् ।
विभागीय टिम नेपाल पुलिस क्लबमा दुई वर्ष बिताएर प्रवेश मनाङ फर्किएका हुन् ।
मनाङ फर्किएकोमा २५ वर्षीय डिफेन्डरले खुशी व्यक्त गरे ।
'मलाई निकै खुशी लागेको छ । जहाँबाट मैले सुरु गरेको थिए फेरि त्यहिँ आईपुगेको छु,' प्रवेशले भने ।
प्रवेशले २०७५ सालमा मनाङबाट खेलेका थिए ।
सहिद स्मारक 'ए' डिभिजन लिग नजिकिदै गर्दा मनाङले प्रवेशलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।
कीर्तिमानी आठौं पटकको च्याम्पियन मनाङ यस पटक समेत उपाधि जित्ने योजनामा रहेको छ ।
मनाङले कात्तिक १ गतेबाट प्रशिक्षण गरिरहेको छ ।
मनाङले जावलाखेलविरुद्ध मंसिर १ गते खेल्दै लिगको सुरुआत गर्नेछ ।
नयाँ लिगको लागि मनाङले पोर्चुगिज डिफेन्डर विल कार्भाल्होलाई समेत अनुबन्ध गरेको छ ।
यस्तै मिडफिल्डर रुपेश केसी समेत मनाङ फर्किएका छन् ।