काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा पीएसजीले लिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर पीएसजीले जित निकालेको हो ।
खेलको ३१ औं मिनेटमा जोनाथन डेभिडले गोल गर्दै लिललाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ७४ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।
यस जितसँगै पीएसजीले १२ खेलमा ३१ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।
लिल १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
