एरिक्सनले यस सिजन खेल्न नपाउने
२०२१ अक्टोबर २९, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब इन्टर मिलानका मिडफिल्डर क्रिस्टियन एरिक्सनले यस सिजनको सिरी 'ए' फुटबल खेल्न नपाउने भएका छन् ।
इन्टरले शुक्रबार यस सिजनको लिग खेल्न एरिक्सनले अनुमति नपाएको जनाएको छ।
इटालियन मेडिकल अधिकारीले उनलाई खेल्नका लागि अनुमति नदिएको इन्टरले बताएको छ ।
युरोकप फुटबल दौरान हृदयघात भएपछि डेनमार्कका मिडफिल्डर एरिक्सन खेलमा फर्किएका छैनन् ।
हृदयघातपछि उनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको छ ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए ।
मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।