काठमाडौं । एसएनकेसी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको अन्तिम क्वाटरफाइनलमा पोखरा-११ भेट्रान्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै एसएनकेसी अन्तिम चारमा पुगेको हो ।
एसएनकेसीको जितमा दिनेश ब्यन्जनकर, बालगोपाल शाहुखल, सुरेन्द्र बहादुर तामाङ र राजेश शाहीले एक एक गोल गरे । पोखराका मनोज कुमार गुरुङले एक गोल फर्काए ।
यससँगै एसएनकेसी सेमिफाइनल पुग्ने अन्तिम टिम बनेको छ ।
यस अघि झापा भेट्रान्स क्लब ,नेपाल आर्मी भेट्रान्स क्लब र एफई खुमलटार भेट्रान्स क्लबले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।
प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ ।
अब सेमिफाइनलमा आर्मी र झापा तथा खुमलटार र एसएनकेसीबीच प्रतिस्पर्धा हुनेछ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।
त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।