काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल दर्शकसहितको हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार लिगमा पूर्ण क्षमताको दर्शकलाई अनुमति दिईने जनाएको छ।
एन्फाले लिगको टिकट मूल्य भने तोकेको छैन ।
'ए' लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
उद्घाटन खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगको विजेताले ७५ लाख पाउने छन् ।
यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।
लिगमा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झर्ने छन् ।
अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।