काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको विजेताले ७५ लाख पाउने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विजेताले ७५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।
हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५/२५ हजार पाउने छन् ।
कात्तिक २९ गते हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दशरथ रंगशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा हुनेछ । उक्त खेल बेलुका ५ बजे सुरु हुनेछ ।
लिगमा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झर्ने छन् ।
अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।