काठमाडौं । झापा भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा चितवन भेट्रान्सलाई ४-० गोल अन्तरले पराजित गर्दै झापा अन्तिम चारमा पुगेको हो ।
झापाको जितमा नरेन्द्र मणी लिम्बुले दुई गोल गरे । यस्तै अंकुर कुमार खड्की र रमेश गुरुङले एक एक गोल गरे ।
यससँगै झापा सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको छ ।

यस अघि नेपाल आर्मी भेट्रान्स क्लब र एफई खुमलटार भेट्रान्स क्लबले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।
त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।