काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार पोखरा उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै वीरेन्द्रनगरले सुखद सुरुआत गरेको हो ।
वीरेन्द्रनगरको जितमा सुमित्रा योन्जनले दुई गोल गरिन् । सम्झना शर्मा र सुस्मिता तामाङले एक एक गोल गरिन् ।
पोखराकी झरना चाम्लिङ राईले एक गोल फर्काईन् ।
जितसँगै वीरेन्द्रनगरले ३ अंक जोडेको छ । र, नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
लगातार दोस्रो हार ब्यहोरेको पोखरा भने बाहिरिएको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् ।
यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।