काठमाडौं । केही समय भयो, न्युकासल युनाइटेडका व्यवस्थापक स्टिभ ब्रुस बर्खास्त भएको । इंग्लिस प्रिमियर लिगमा अबको बर्खास्ती कस्कोको त ?
इंग्ल्यान्डका सट्टेबाजीलाई आधार मान्ने हो भने ढिलो चाँडो बर्खास्तीमा पर्ने दुई प्रशिक्षक छन् र ती हुन्, म्यानचेस्टर युनाइटेडका ओल गन सोल्सार र नरविचका ड्यानिएल फार्के ।
पछिल्लो सप्ताहन्तका खेलपछि यी दुई प्रशिक्षक बर्खास्तीमा पर्ने लगभग निश्चित जस्तै भएको हो । सट्टेबाजीको बजारमा सोल्सारले आफ्नो जागिर गुमाउने छ भन्ने बाजी २/१ बाट एकै पल्ट १/४ पुगिसकेको छ । लिभरपुलको हातबाट ५–० ले पराजित भएपछि सोल्सारको स्थिति अझ नाजुक भएको हो ।

यस्तै स्थितिर फार्केको पनि छ । चेल्सीसँग ७–० ले पराजित भएपछि उनको स्थिति अझ कमजोर भएको हो । तर सबैको बढी ध्यान भने सोल्सारमै छ ।
म्यानचेस्टरको प्रशिक्षक भएपछि सबैको ध्यान यसरी उनकै केन्द्रित हुनु स्वभाविक पनि हो । त्यसमाथि बेलायती मिडियाले पनि उनीबारे लगातार लेखिरहेको छ ।
खासमा भन्दा बेलायती मिडियालाई त हतारो नै छ । उसले त अब म्यानचेस्टरको नयाँ व्यवस्थापक को हुने हो, त्यसको पनि खोजी गरिसकेको छ।
त्यस अनुसार म्यानचेस्टरको जिम्मेवारी सम्हाल्न दुई प्रशिक्षक बलिया प्रत्यासी रहेका छन्, जिनेदिन जिदान र एन्टोनियो कोन्टे । सट्टेबाज भने जिदानको पछि लागिरहेका छन् ।
–मार्काको सहयोगमा ।