काठमाडौं । ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार कालिका नगरपालिकासँग १-१ गोलको बराबरी खेल्दै ललितपुर नकआउट चरणमा पुगेको हो ।
खेलमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी थिइन् ।
तर, निशा थोकरले गोल गर्दै कालिकालाई १-१ गोलको बराबरीमा ल्याईन् ।
यस बराबरीसँगै समूह बी को ललितपुरले २ खेलमा ४ अंक जोड्यो । र, समूहको विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको हो ।
कालिकाले समेत २ खेलमा ४ अंक जोड्यो । तर, कालिका उपविजेतामा सिमित भयो ।
सुरुवाती गोलको कारण ललितपुरले दोस्रो चरणको यात्रा तय गरेको हो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।