काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत इरानविरुद्धको खेलका लागि नेपालले सुरुआती-११ को घोषणा गरेको छ ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानविरुद्ध नेपाल गोलकिपर अर्पन कार्कीको कप्तानीमा उत्रनेछन् ।
नेपालले तीन फरवार्ड, तीन मिडफिल्डर र चारजना डिफेन्डरलाई मैदानमा उतारेका छन् ।
फरवार्डमा आयुष घलान, मनिस डाँगी तथा अभिषेक रिजाल रहेका छन् ।
त्यसैगरी, मिडफिल्डरमा रोशन पहारी, सेसेहाङ आङदेम्बे र एरिक विष्ट छन् ।
डिफेन्डर सुरज ज्यू ठकुरी, सुमन अर्याल, गौतम श्रेष्ठ र अभिषेक लिम्बु रहेका छन् ।