च्यासलमा दुई क्यामरुनी खेलाडी अनुबन्धित
सोमबार, कार्तिक ८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । ललितपुरको ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
च्यासलले क्यामरुनका २२ वर्षीय कित्वा यानिक र २५ वर्षीय मोउसा अबागानालाई अनुबन्ध गरेको हो ।
च्यासलले सोमबार पत्रकार सम्मेलन गर्दै क्यामरुनी खेलाडीद्धयलाई एक वर्षका लागि अनुबन्धन गरिएको जानकारी गराएको छ ।
पहिलो संस्करणको नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट खेलेका दुबैले उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरुलाई अनुबन्ध गरिएको च्यासलले जनाएको छ।
यस अघि च्यासलले नेपाली मुलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्धन गरेको थियो ।
सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग नजिकिदै गर्दा क्लबहरुले खेलाडीहरु भित्र्याउने कामलाई तिव्रता दिएका छन् ।
‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।














