काठमाडौं । फर्पिङ स्पोर्टस डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११–० गोल अन्तरले पराजित गरेको हो ।
फर्पिङको जितमा निरज श्रेष्ठले चार गोल गर्दा गणेश लावतीले ह्याट्रिक पूरा गरे ।
त्यस्तै नर कुमार राईले दुई गोल तथा अनिल गुरुङ र सल्यान खड्गीले एक–एक गोल गरे ।
गणेश लावती म्यान अफ द म्याच घोषित भए ।
फुटबल फेलोसिपको भने यो लगातार दोस्रो पराजय हो । यस अघि फुटबल फेलोसिपले नेपाल आर्मी भेट्रान्स क्लबसँग ७–१ ले पराजित भएको थियो।