काठमाडौं । गोदावरी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार महालक्ष्मी नगरपालिकालाई ५-३ गोल अन्तरले पराजित गर्दै गोदावरीले पहिलो जित निकालेको हो ।
गोदावरीको जितमा दावा डोल्मा लामा र एस्थर तामाङले दुई दुई गोल गरिन् । यान्जोम रोकायाको नाममा एक गोल रह्यो ।
महालक्ष्मीकी कप्तान सरु राईले दुई गोल गरिन् । पूजा लामाले एक गोल गरिन् ।
जितसँगै गोदावरीले ३ खेलमा ३ अंक जोड्यो । महालक्ष्मीको यो लगातार तेस्रो हार हो ।
समूह ए मा रहेका दुबै टिम बाहिरिसकेका छन् ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।