काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड हारबाट जोगिएको छ ।
लुइस सुआरेजले दुई गोल गरेपछि एट्लेटिकोले आइतबार राति रियल सोसिडाडसँग २-२ गोलको बराबरी खेलेको हो ।
खेलको सातौं मिनेटमा एलेक्सजेण्डर सोर्लोथले गोल गर्दै सोसिडाडलाई सुरुआती अग्रता दिलाएका थिए ।
४८ औं मिनेटमा एलेक्सजेण्डर इसाकले गोल गर्दै सोसिडाडलाई २-० को अग्रता दिलाए ।

तर, खेलको ६१ औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-२ को बराबरीमा ल्याएका थिए ।
बराबरीमा रोकिएपनि सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ ।
सोसिडाडले १० खेलमा २१ अंक जोडेको छ ।
एट्लेटिको १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।