काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स र इन्टर मिलानले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार राति भएको खेलमा युभेन्ट्स र इन्टरले १-१ गोलको बराबरी खेलेका हो ।
‘डर्बी अफ इटाली’ नामले चर्चित भिडन्तमा सुरुआती अग्रता घरेलु टोली इन्टरले बनाएको थियो ।
खेलको १७ औं मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८९ औं मिनेटमा पाउलो डिबलाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।
त्यसअघि ८८ औं मिनेटमा इन्टरका प्रशिक्षक सिमोनलाई रातो कार्ड देखाईएको थियो ।
यस बराबरीसँगै युभेन्ट्सले ९ खेलमा १५ अंक जोडेको छ ।
युभेन्ट्स छैटौं स्थानमा रहेको छ ।
इन्टर १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।