काठमाडौं । फ्रेन्च लिग वन फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले मार्सेसँग गोलरहित बराबरी खेलेको हो ।
मार्सेको मैदानमा पाएको मौकालाई दुबै टोलीले सदुपयोग गर्न नसक्दा ‘ले क्लासिके’ भिडन्त बराबरीमा सकिएको हो ।
खेलको १४ औं मिनेटमा मार्सेका लाउन परेसले आत्मघाती गोल गरेका थिए । तर, नेयमार अफसाइड देखिएपछि गोलले मान्यता पाएन ।

यस्तै खेलको २० औं मिनेटमा मार्सेका आर्काडुइज मिलिकले गरेको गोलले समेत मान्यता पाएन ।
खेलको ५७ औं मिनेटमा अचार्फ हाकिमीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीसँगै पीएसजीले ११ खेलमा २८ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा कायमै रहेको छ ।
मार्से १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।