काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित निकालेको छ ।
आइतबार भएको खेलमा लेस्टरले नवप्रवेशी क्लब ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्रेन्टफोर्डको मैदानमा खेलको १४ औं मिनेटमा युरी टिलेमान्सले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६० औं मिनेटमा माथियस जोर्गेनसनले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७३ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई २-१ को जित दिलाए ।
जितसँगै लेस्टरले ९ खेलमा १४ अंक जोडेको छ ।
लेस्टर लिगको नवौं स्थानमा रहेको छ ।
ब्रेन्टफोर्ड १२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।