काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ ।
आइतबार भएको खेलमा टोटेनहम वेस्ट ह्यामसँग १-० गोल अन्तरले पराजित भएको हो ।
वेस्ट ह्यामको जितमा माइकल एन्टोनियोले निर्णायक गोल गरे ।
खेलको ७२ औं मिनेटमा एन्टोनियोले गोल गरेका थिए ।

यस जितसँगै वेस्ट ह्यामले ९ खेलमा १७ अंक जोडेको छ ।
वेस्ट ह्याम चौंथो स्थानमा उक्लिएको छ ।
टोटेनहम १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।