हेमन्तले थ्री स्टारबाट खेल्ने

काठमाडौं । हेमन्त थापा मगर ‘ए’ डिभिजन क्लब थ्री स्टारमा अनुबन्धित भएका छन् ।
थ्री स्टारले आईतबार सामाजिक संजालमार्फत मिडफिल्डर हेमन्तलाई क्बलमा अनुबन्धन गरिएको जनाएको हो ।
हेमन्तले क्लबसँग दुई वर्षको सम्झौता गरेका हुन् ।
राष्ट्रिय टिमबाट यू–१३, यू–१४ र यू–१६ खेलिसकेका हेमन्त नेपालले १३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा स्वर्ण पदक जित्दा नेपाली टोलीका सदस्य थिए ।
यस सिजनको ‘ए’ डिभिजन फुटबल लिग सुरु हुन केही समयमात्र बाँकी भएको अवस्थामा क्लबहरुले धमाधम खेलाडीहरु अनुबन्धित गरिरहेका छन् ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
यस अघि युवा गोलकिपर अरुण ब्लोन, डिफेन्डर आश्विन भट्टराई, युवा विंगर ऋतिक खड्का, मिडफिल्डर लाकेन लिम्बु, मिडफिल्डर आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।
यस्तै थ्री स्टारले कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, मनाग्य नकर्मी, विजय भुजेल र निशान खड्कासँगको सम्झौता नवीकरण गरिसकेको छ ।