काठमाडौं । कालिका नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा कागेश्वरी नगरपालिकालाई १०-० गोल अन्तरले हराउँदै कालिकाले सुखद सुरुआत गरेको हो ।
कालिकाको जितमा अनुष्का शेर्पाले ४ गोल गरिन् । सम्झना तामाङ र सबिता राना मगरले २/२ गोल गरिन् ।
सुनकला राई र प्रिती राईले एक एक गोल गरिन् ।
यस अघि बागमती नगरपालिका र कन्काई नगरपालिकाले जित निकालेको थियो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।