काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले रोमान्चक जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले न्युकासल युनाईटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
न्युकासलको मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले जित निकालेको हो ।
खेलको दोस्रो मिनेटमा कलुम विल्सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
१७ औं मिनेटमा तान्गुय एन डोम्बोलेले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको २२ औं मिनेटमा ह्यारी केनले गोल गर्दा टोटेनहम २-१ ले अघि रह्यो ।

पहिलो हाफको इन्जुरी समयमा सन ह्युङ मिनले गोल गर्दा टोटेनहम ३-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा एरिक डायरले आत्मघाती गोल गरेपनि टोटेनहम ३-२ ले विजयी भयो ।
त्यस्तै खेलको ८३ औं मिनेटमा जोन्जो शिल्भीले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै टोटेनहमले ८ खेलमा १५ अंक जोडेको छ । टोटेनहम पाँचौं स्थानमा रहेको छ ।
न्युकासल ३ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
