काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले ताजिकिस्तानमा इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।
सन् २०२२ मा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोट अघि नेपाली टोलीले मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।
ताजिकिस्तानमा हुने छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।
समूह 'बी' छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।
नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।