काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसेनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई दुई गोल गरे ।
थोमस मुलरको नाममा एक गोल रह्यो ।
लिभरकुसेनका प्याट्रिक सिकले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।
३० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्नले २-० को अग्रता बनायो ।
३४ औं मिनेटमा मुलरले गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

खेलको ३५ औं मिनेटमा जिनाब्रीले गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।
३७ औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ५-० ले अघि रह्यो ।
त्यसपछि खेलको ५५ औं मिनेटमा लिभरकुसेनका प्याट्रिकले एक गोल गरेपनि बायर्न ५-१ ले विजयी भयो ।

यस जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ ।
बायर्नले ८ खेलमा १९ अंक जोडेको छ ।
लिभरकुसेन १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।