काठमाडौं । म्यानचेस्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बाले लेस्टर सिटीविरुद्धको खेलमा आफ्नो टिम हार्न योग्य भएको बताएका छन् ।
लेस्टर सिटीविरुद्ध शनिबार राति ४-२ ले पराजित भएपछि पोग्बाले आफ्नो टिम हारका लागि लायक रहेको बताएका हुन् ।
'इमान्दार भएर भन्दा हामी लामो समयदेखि यस प्रकारका खेलहरु खेल्दै आएका छौं,' पोग्बाले भने, 'हामीले समस्या भेट्टाएका छैनौं । सहज गोल र बेवकूफ गोल खाइरहेका छौँ । हामी अझ परिपक्व हुन जरुरी छ ।'
लेस्टरले सुरुआती एक गोलको अग्रता उल्टाएर युनाईटेडलाई हराएको थियो ।
हारपछि युनाईटेड शीर्ष चारको दौडबाट बाहिरिएको थियो ।
यस्तै पोग्बाले टिम बलियो बनाउन केहि परिवर्तन गर्नु पर्ने बताए ।
'अब हामीले केहि खोज्नु पर्छ । हामीले परिवर्तन गर्नु पर्छ,' उनले भने ।