दुई वर्षे विश्वकपले अन्य खेलकुदलाई खतरा : आईओसी
आइतबार, ३१ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले हरेक दुई वर्षमा फिफा विश्वकप फुटबल आयोजना भएमा अन्य खेलकुद र लैंगिक समानतामा खतरा हुने बताएको छ ।
फिफाले विश्वकप फुटबल हरेक दुई वर्षमा आयोजना गर्ने तयारी गरिरहदा आईओसीको यस्तो भनाई आएको हो ।
आईओसीले दुई वर्षमा आयोजना हुने विश्वकपले अन्य खेलको विविधता र विकासलाई असर गर्ने जनाएको छ । यस्तै महिला फुटबललाई चुनौती हुने जनाएको छ ।
खेलाडीको शारीरिक र मानसिक स्वास्थ्यमा समेत असर गर्ने आईओसीले जनाएको छ ।
फिफा विश्वकप हरेक चार वर्षमा आयोजना हुँदै आईरहेको छ । दोस्रो विश्व युद्दको कारण विश्वकप चार वर्षमा गरिदै आएको हो ।
महिला विश्वकप भने सन् १९९१ बाटै हरेक चार वर्षमा हुँदै आईरहेको छ ।






-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)
