हालाण्ड चम्किदा डर्टमण्डको जित
शनिबार, ३० आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले मैन्जलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
डर्टमण्डको जितमा अर्लिङ हालाण्डले दुई गोल गरे । मार्को रिउसले एक गोल थपे ।
मैन्जका जोनाथन बुर्कार्डले एक गोल फर्काए ।
जितसँगै डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको छ ।
डर्टमण्डले ८ खेलमा १८ अंक जोडेको छ ।
मैन्ज १० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।





-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

