पीएसजीको पुनरागमन जित
शनिबार, ३० आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीलाई जित दिलाउन डानिलो पेरिरा र केलियन एमबाप्पेले एक एक गोल गरे ।
एन्जर्सका एन्गेलो फुल्गिनीले एक गोल गरे ।
खेलमा सुरुआती अग्रता भने एन्जर्सले बनाएको थियो ।
खेलको ३६ औं मिनेटमा फुल्गिनीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
तर, ६९ औं मिनेटमा डानिलोले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।
यस जितसँगै पीएसजीले १० खेलमा २७ अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।
एन्जर्स १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।





-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)

