काठमाडौं । बर्नेमाउथ तथा वेल्सका मिडफिल्डर डेभिड ब्रुकले आफूलाई क्यान्सर लागेको खुलासा गरेका छन् ।
ब्रुकलाई दोस्रो चरणको हजकिन लिम्फोमा क्यान्सर भएको हो । सामाजिक सञ्जालमार्फत ब्रुकले आफूलाई क्यान्सर भएको पुष्टि गरे ।
हजकिन लिम्फोमा एक क्यान्सर हो शरीरको प्रतिरक्षा प्रणालीको एक हिस्सा रहेको लिम्फाटिक प्रणालीमा विकास हुन्छ जसले खासगरी प्रारम्भिक २० वर्ष उमेर समूहका युवा तथा ७० वर्षमाथिका वयस्कहरुलाई असर गर्ने गर्छ ।
बर्नेमाउथमा सन् २०१८ देखि रहेका २४ वर्षीय ब्रुकले बिरामी भएकै कारण वेल्सको टोलीबाट आफ्नो नाम फिर्ता लिएको थियो ।
’यो सन्देश लेख्नु निकै कष्टकर छ । मलाई दोस्रो चरणको हजकिन लिम्फोमा क्यान्सर भएको छ र आगामी हप्तादेखि उपचार सुरु हुनेछ,’ ब्रुकले उल्लेख गरे ।
‘मलाई पूर्ण विश्वास छ कि म पूर्णरुपमा ठिक हुनेछु र जतिसक्दो चाडो खेल्नेछु,’ उनले थपे ।