काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार पेड्री सम्झौता थप सहमत भएका छन् ।
बार्सिलोनासँग २०२६ सम्म सम्झौता थप गर्न पेड्री सहमत भएका हुन् ।
बार्सिलोनाले औपचारिक रुपमा पेड्रीको सम्झौता नवीकरणबारे जानकारी दिएको छैन ।
तर, बार्सिलोनाले शुक्रबार पेड्रीसँगको नयाँ सम्झौता सार्वजनिक गर्ने बताईएको छ ।
बार्सिलोनाले पेड्रीको रिलिज क्लउज ६ सय मिलियन युरो राख्ने गोल डटकमले जनाएको छ ।
१८ वर्षीय स्पेनिस स्टार क्याटलान क्लबमा खुशी रहेको बताईएको छ ।
मिडफिल्डर पेड्री लास पालमसबाट २०२० मा बार्सिलोना आएका थिए ।
पछिल्लो समय पेड्री बार्सिलोनाका मुख्य खेलाडीको रुपमा रहदै आएका छन् ।
उनले ३९ ला लिगा खेलमा ३ गोल गरिसकेका छन् ।
पेड्रीले स्पेनका लागि १० खेल खेलिसकेका छन् ।