काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत कोन्काफ छनोटमा मेक्सिकोले सहज जित निकालेको छ ।
बिहीबार बिहान भएको खेलमा मेक्सिकोले एल साल्भाडोरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३० औं मिनेटमा हेक्टर मोरेनोले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४८ औं मिनेटमा मारियो जाकोबले रातो कार्ड पाएपछि साल्भाडोर १० खेलाडीमा समेटियो ।

६८ औं मिनेटमा नेस्टर अरुजोले रातो कार्ड पाएपछि मेक्सिको पनि १० खेलाडीमा सिमित भयो ।
त्यसपछि खेलको इन्जुरी समयमा राहुल जेमिनेजले पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई २-० को जित दिलाए ।
यस जितसँगै मेक्सिको कोन्काफ छनोटको शीर्ष स्थानमा उक्लिएको छ ।
मेक्सिकोले ६ खेलमा १४ अंक जोडेको छ ।
साल्भाडोर ५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।