काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत कोन्काफको छनोटमा अमेरिकाले कोस्टारिकालाई हराएको छ ।
बिहीबार बिहान भएको खेलमा अमेरिकाले कोस्टारिकालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अमेरिकाले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको पहिलो मिनेटमै केइसर फुलेरले गोल गर्दै कोस्टारिकालाई अग्रता दिलाएका थिए ।

तर, खेलको २५ औं मिनेटमा सेर्जिनो डेस्टले गोल गर्दै अमेरिकालाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६६ औं मिनेटमा कोस्टारिकाका लियोनेल मोरिराले आत्मघाती गोल गरेपछि अमेरिका २-१ ले विजयी भयो ।
यस जितसँगै अमेरिकाले ६ खेलमा ११ अंक जोडेको छ । अमेरिका शीर्ष स्थानमा रहेको छ ।
कोस्टारिका ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।