काठमाडौं । इटालियन क्लब एसी मिलानले गोलकिपर एन्टोनियो मिरान्टेलाई अनुबन्ध गरेको छ ।
सिरी ए क्लब मिलानले भेट्रान गोलकिपर एन्टोनियोलाई एक वर्षका लागि अनुबन्ध गरेको हो ।
३८ वर्षीय गोलकिपर फ्री एजेन्टमा मिलान आएका हुन् । उनले यसै समरमा रोमा छाडेका थिए ।
गोलकिपर माइक पिटर्सनले चोटको शल्यक्रिया गरेपछि उनको स्थानमा एन्टोनियो क्लबमा आएका हुन् । माइक करिब १० हप्ता मैदान बाहिर रहने छन् ।
इटालियन गोलकिपर एन्टोनियोले यस अघि क्रोटोन, युभेन्ट्स, साम्पडोरिया, पर्मा लगायतका क्लबबाट खेलिसकेका छन् ।
