काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत बंगलादेशविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ घोषणा भएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेको हो ।
नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
नेपालले अन्तिम लिग खेलमा बंगलादेशसँग खेल्न लागेको हो ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन ।
तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो ।
बंगलादेशविरुद्धको खेलका लागि तीन खेलाडी परिवर्तन गरिएको छ ।
भारतविरुद्ध सुरुआती-११ मा रहेका मनिष डाँगी, सुमन अर्याल, सुमन लामा टिममा छैनन् ।
अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठले सुरुआती-११ मा स्थान बनाएका छन् ।
नेपाली टिम -
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर - अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुजल श्रेष्ठ
मिडफिल्डर - पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द
फरवार्ड - अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ
