काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सन् २०२८ को युरोकप फुटबलको आयोजकको दरखास्त आह्वान गरेको छ ।
यूईएफएले बुधबार २०२८ को युरोकप आयोजनाका लागि इच्छुक राष्ट्रलाई दाबी पेश गर्न आह्वान गरेको छ ।
यूईएफएले २०२२ को मार्च २३ सम्म दाबी पेश गर्ने समयसीमा तोकेको छ ।
आयोजकको घोषणा २०२३ को सेप्टेम्बरमा गरिने यूईएफएले जनाएको छ ।
२०२८ को युरोकपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । जसमा कुल ५१ खेलहरु हुनेछ ।