'ए' डिभिजन लिग : फ्रेन्ड्स र थ्री स्टार प्रतिस्पर्धा गर्दा, पुलिसको प्रतिद्वन्द्वी को ?
बिहिबार, असोज २५, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज (बिहिबार) दुई खेल हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा जावलाखेल र नेपाल पुलिस क्लबले खेल्नेछन् ।
ललितपुर डर्बी अन्तर्गत फ्रेन्ड्स र थ्री स्टारबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
यस्तै आज हुने जवालाखेल र पुलिसबीचको दोस्रो खेल दिउसो ३ बजे सुरु हुनेछ । जावलाखेल र पुलिस पनि विजयी सुरुवात गर्ने लक्ष्यसहि मैदान उत्रनेछन् ।












