गोविन्द र सुस्मिता उत्कृष्ट

काठमाडौं । पुरुषमा गोविन्द कठायत तथा महिलामा सुस्मिता तामाङ यु–१८ ब्ल्याक वेल्ट मार्सल आर्ट्स च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी घोषित भएका छन्।
प्रतियोगिताको पुरुष ५५–६० केजीमा विकेशराज श्रेष्ठ र जीवन लोहार, ५०–५५ केजीमा कुलमान तामाङ र गोविन्द कठायत, ४५–५० केजीमा साजन तामाङ र प्रेम गुरुङ, ४०–४५ केजीमा सचिन बोगटी र निराजन बुढाथोकी तथा ३५–४० केजीमा निरज बोहरा र अमिर गुरुङ क्रमशः पहिलो र दोश्रो भए ।
महिला ५०–५१ केजीमा काजल खत्री र अनुष्का अधिकारी, ४५–५० केजीमा कामना राई र सुमिना तामाङ, ४०–४५ केजीमा रुविना कर्माचार्य र श्रेया रिजाल, ५५–६० केजीमा प्राप्ती गुरुङ र ममता थापा तथा ३५–४० केजीमा ममता खत्री र बविता बोहराले क्रमशः स्वर्ण र रजत जिते ।
टोखाको जाल्पाचोकस्थित रोना इन्टरनेसनल एकेडेमीमा भएको प्रतियोगितामा १ सय ५० खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघले जनाएको छन् ।







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)




-1761998475071.jpg&w=3840&q=75)


